विवेकशील पार्टीको गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय नगर्न सरकारलाई आग्रह

Bydipak oli

२०७७ भाद्र २३, मंगलवार ०७:०७ गते २०७७ भाद्र २३, मंगलवार ०७:०७ गते २०७७ भाद्र २३, मंगलवार ०७:०७ गते

२३भदौ। विवेकशील नेपाली दलले राष्ट्रियसभा सदस्यमा नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने नेकपाको निर्णय बदर गर्न माग गरेको छ । पछिल्लो समय राष्ट्रियसभामा प्रत्यक्ष निवार्चन हारेका व्यक्तिहरुको व्यवस्थापनको थलो बनाउन लागिएको भन्दै दलले गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय नगर्न सरकारलाई आग्रह गरेको छ ।

दलका तर्फबाट बागमती प्रदेश सभा सदस्यले जारी गरेको विज्ञप्तिमा राष्ट्रियसभामा आफूले सिफारिस गर्ने संवैधानिक व्यवस्थाको मर्म र भावनाबारे गम्भीर ढंगले विचार गर्न राष्ट्रपतिलाई पनि आग्रह गरिएको छ ।
‘२०७४ को प्रतिनिधि सभा निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट पराजित नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई संविधानको भाग ८, धारा ८६ (ख) बमोजिम राष्ट्रिय सभामा मनोनयन गरिने नेकपा सचिवालयको निर्णयप्रति विवेकशील नेपाली दलको गम्भीर ध्यानाकर्षण भएको छ। नेकपाको यो निर्णय निम्न लिखित कारणहरूले अनुपयुक्त छ भन्ने हाम्रो ठहर रहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो