Wed. Apr 15th, 2026

असाेज २६ झापा ,उमा पाैडेल ( रेखा )।
झापा कमल गाउँपालिका २ त्रिबेणी चाेकमा श्रीमानले अाफ्नै श्रीमतिकाे हत्या गरेकाे अाराेपमा ३४ बर्षका रामजी थापालाई प्रहरीले पक्राउ गरेकाेछ । श्रीमती २४ बर्षीय सीता थापालाई हिजाे साँझ ६ बजे तिर घरयासी बिषयमा बादबिबाद हुँदा धारिलाे खुकुरी प्रयाेग गरि घाटीमा प्रहार गरेर हत्या गरेका थिए । घटना थाहा पाउने बितिकै ताेपगाच्छीबाट खटिएका प्रहरीले घटना स्थलबाटै रामजी थापालाई तत्कालै पक्राउ गरिएकाे झापा प्रबक्ता राकेश थापाले बताउनु भएकाे हाे ।रामजी एक महिना अघि मात्र बैदेशिक राेजगारबाट घर फर्किएकाे कुरा जानकारी भएकाेछ। हत्यारा उपर कर्तव्य ज्यानमुद्दामा कानुनी प्रक्रिया शुरु गरेकाे जिल्ला प्रहरी कार्यलय झापाले जनाएकाेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *