Wed. Apr 15th, 2026

सल्लीवन विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि का लाग सराेकारवालाकाे भूमिका विषयक अन्तरक्रिया कार्यक्रम’ सम्पन्न ।
तुलसीपुर (दाङ)। त्रीवेणी असहाय बृद्धबृद्धा कल्याण समाज (तुलसीपुर–३, ८, ९ दाङ) को आयोजनामा तुलसीपुर उपमहानगरपालिका वडा न. ९ स्थित श्री सरस्वती चाैतारा माध्यमिक विद्यालय सल्लिवनमा ‘शैक्षिक गुणस्तर वृद्धि का लाग सराेकारवालाकाे भूमिका विषयक अन्तरक्रिया कार्यक्रम’ सम्पन्न भएको छ। वृद्धवृद्धाको हितमा कार्यरत समाजले यसपटक शिक्षाको गुणस्तर सुधारलाई मुख्य एजेन्डा बनाएर स्थानीय सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएको हो। कार्यक्रमको मूल नारा ‘शिक्षाको गुणस्तर वृद्धि, समाजको समृद्धि’ रहेको थियो।
भेलाको सभाअध्यक्षता समाजका अध्यक्ष राम प्रशाद बस्यालले गर्नुभएको थियो।
कार्यक्रममा स्वागत मन्तव्य मेघराज पाण्डेले राख्नुभएको थियो। यस अन्तरक्रिया कार्यक्रमको मुख्य विषयवस्तु शैक्षिक सुधार गर्ने रहेको थियो, जसमा समाजका अगुवा र युवा प्रतिनिधिहरूले सशक्त रूपमा आफ्ना धारणा राख्नुभयाे ।
मन्तव्य राख्ने क्रममा न्यु भिजन परम्परा युवा क्लबका अध्यक्ष सुशान्त मल्लले शिक्षाको सुधारमा युवा शक्तिलाई परिचालन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले युवाको सक्रिय सहभागिता बिना गुणस्तरीय शिक्षाको लक्ष्य प्राप्त गर्न नसकिने धारणा व्यक्त गर्नुभयो। अन्य वक्ताहरू निशा के. सी., नवीन शर्मा,प्रधानध्यापक लक्ष्मी न्यौपाने, मुकुन्द काफ्ले र कान्त प्रसाद र विव्यस अध्यक्ष तिलकबहादुर डाँगीले गुणस्तरीय शिक्षाको लागि स्थानीय निकायको लगानी र सामुदायिक सहभागिता अपरिहार्य रहेको बताए।
सभाअध्यक्ष राम प्रशाद बस्यालले समाज कल्याण र शिक्षा एकअर्काका परिपूरक रहेको बताउँदै, आफ्नो समाजले शिक्षाको गुणस्तर सुधारका लागि निरन्तर पहल गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमले तुलसीपुर वडा न. ९ सल्लिवन क्षेत्रको शिक्षाको गुणस्तर वृद्धिका लागि स्थानीय निकाय, विद्यालय व्यवस्थापन, युवा क्लब र नागरिक समाजबीच संयुक्त कार्य योजना बनाउनुपर्ने निष्कर्ष निकालेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *