Tue. Apr 28th, 2026

सुर्खेत जिल्ला, चौकुने गाउँपालिका वडा नं. ९ घाटगाउँकी निवासी भूमिका कुमारी जोशी (उमेर १८ वर्ष) २०८२ साल माघ १ गते बिहान करिब ८ बजे “शिवालय मन्दिर जान्छु” भनेर घरबाट निस्कनुभएको र त्यसयता अहिलेसम्म परिवार तथा आफन्तजनको सम्पर्कमा आउनुभएको छैन।

समय बित्दै जाँदा परिवारको चिन्ता झन् बढ्दै गएको छ। विशेषगरी उहाँकी आमा कमला जोशी ले आफ्नी छोरीको खोजीमा गाउँघर, बजार, आफन्तको घर, चिनेजानेका सबै ठाउँ तथा सम्भावित स्थानहरूमा धेरै पटक खोजी गर्नुभएको छ, तर अहिलेसम्म कतै पनि आफ्नो छोरीको कुनै अत्तोपत्तो पाउन सक्नुभएको छैन।

एक आमाको मन अहिले पीडाले भरिएको छ। आमा कमला जोशी दिनरात छोरीको सम्झनामा व्याकुल हुनुहुन्छ। घरको आँगन सुनसान बनेको छ, परिवारको मुहारमा मुस्कान हराएको छ। सबैको एउटै चाहना छ—भूमिका सकुशल घर फर्किउन्।

यदि कसैले उहाँलाई कतै देख्नुभएको छ, भेटाउनुभएको छ वा उहाँको बारेमा कुनै जानकारी थाहा पाउनुभएको छ भने कृपया मानवताको नाताले नजिकैको प्रहरी कार्यालय वा तल दिइएका परिवारजनको सम्पर्क नम्बरमा तुरुन्त जानकारी गराइदिनुहोला।

📞 सम्पर्क नम्बरहरू :आमा कमला जोशी – ९७४२३८९९६८दादा विष्णु जोशी – ९७६५४५७०३८दिदी नबिना जोशी – ९८६४१४८१७४

यो सूचनालाई धेरैभन्दा धेरै सेयर गरिदिनुहोस्। तपाईंको एउटा सेयरले एउटी छोरीलाई परिवारसम्म पुर्‍याउन, एउटी आमाको आँसु पुछ्न र एउटा घरमा फेरि खुशी फर्काउन सक्छ।

🙏 आउनुहोस्, सबै मिलेर खोजीमा सहयोग गरौं। सकुशल घर फर्किन सहयोग गरौं। 🙏

Leave a Reply

Your email address will not be published. Required fields are marked *