सेमिफाइनल खेलमा सन्दीप आबद्ध टिम तल्लावाज नाइटराइडर्ससँग पराजित

Bydipak oli

२०७७ भाद्र २४, बुधबार ०५:४० गते २०७७ भाद्र २४, बुधबार ०५:४० गते २०७७ भाद्र २४, बुधबार ०५:४० गते

२४भदौ। क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत गएराति भएको सेमिफाइनल खेलमा जमैका तल्लावाज ट्रिनवागो नाइटराइडर्ससँग पराजित भएको छ। टारोउवामा भएको सेमिफाइनलमा ९ विकेटको पराजय भोग्दै जमैका उपाधि होडबाट बाहिरिएको हो।

टस हारेर ब्याटिङमा उत्रिएको जमैकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०७ रन बनाएको थियो। न्क्रुम बोनरले सर्वाधिक ४१ रन बनाउँदा कप्तान रोभमेन पावेलले ३३ तथा कार्लोस ब्रेथवेटले अभिजित १३ रन बनाए। यसबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्। जमैकालाई सानो स्कोरमा समेट्न अकिल हुसैनले सर्वाधिक ३ विकेट लिँदा खारी पिएर्रेले २ विकेट लिए। त्यस्तै सुनिल नारिनले र अवाद अहमदले १/१ विकेट लिए।

१०८ रनमा सामान्य स्कोर पछ्याएको ट्रिनबागोले १५ ओभरसकिँदा १ विकेट गुमाएर चुनौती पार गर्‍यो। उसका लागि लेन्ड्ल सिम्मोन्सले सर्वाधिक अभिजित ५४ रन बनाउँदा टियोन वेबस्टरले अभिजित ४४ रन बनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो