कोरोना अपडेट: १,१११ जनामा संक्रमण , ८ जनाको मृत्यु

Bydipak oli

२०७७ भाद्र ११, बिहीबार ११:२६ गते २०७७ भाद्र ११, बिहीबार ११:२६ गते २०७७ भाद्र ११, बिहीबार ११:२६ गते

११भदौ, दाङ । गोपाल गिरी विगत २४ घण्टामा नेपालमा थप १,१११ जनामा कोभिड-१९ पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो भने पुष्टि भएका सङ्क्रमितको सङ्ख्याले दोस्रो पटक १,००० नाघेको हो।

सो अवधिमा कोरोनाभाइरस सङ्क्रमणका कारण आठ जनाको मृत्यु भएको छ। अहिलेसम्म एक चिनियाँ नागरिकसहित देशभरि १८३ जनाको कोरोनाभाइरससँग सम्बन्धित कारणले ज्यान गुमाएका छन्।

अहिले देशभरि १५,२७३ जनामा सक्रिय सङ्क्रमण भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अपराह्ण आयोजित दैनिक प्रेस ब्रीफिङमा बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो