Thu. Apr 30th, 2026

११भदौ-दाङ । गोपाल गिरी दाङमा रगत अभाव हुन थालेको खबर सार्वजनिक भएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)निकट अनेरास्ववियू दाङले ‘आपतकालीन रक्तदान’ कार्यक्रम गरी रक्तदान गरेको छ ।

कोरोना संकटका कारण रगत अभाव हुन थालेपछि यस्तो कार्यक्रम गरिएको हो । संगठनका जिल्ला संयोजक जंग रोकाको अध्यक्षता र नेकपाका केन्द्रीय सदस्य निर्मल आचार्यको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम भएको हो ।

सो अवसरमा जिल्ला अध्यक्ष रोका, पूर्व जिल्ला अध्यक्षहरु सुमन रोका र बिष्णु चौधरीसहित २३ जनाले रक्तदान गरेका थिए ।

यसरी रक्तदान गर्नेहरुमा भक्तबहादुर पुन, मायाँ आचार्य, चाँदनी आचार्य, गिरबहादुर महरा, शेरबहादुर ओली, रमेश शर्मा, सुशील परियार, खगेन्द्र जीएम, हरिबहादुर भण्डारी, हेमराज देवकोटा, राजकुमार बिक, किशोरकुमार पौडेल, गोविन्दकुमार मल्ल, तुफान जीएम, कल्याण अधिकारी, शक्ति जिसी, कृष्णबहादुर पीएम, यामप्रसाद पाण्डे, लेखराज केसी र सुनिल बुढा रहनुभएको छ ।

रक्तसञ्चार केन्द्र घोराहीमा रक्तदान कार्यक्रम गरिएको हो । त्यस्तै घोराही निवासी खड्क केसीले पनि आज जन्मदिनको अवसरमा रक्तदान गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *