Fri. May 1st, 2026

गोपाल गिरी २४भदौ दाङ। आज दाङमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परिक्षणमा घोराही-१५ कि ३५ बर्षकि एकजना महिलामा कोरोना संक्रमण भेटिएको हो।

आज एकजना संक्रमीत थपिएसङ्गै दाङमा कुल संक्रमीत हुनेको संख्या ८४४ पुगेको छ। पछिल्लो समय संक्रमण वृद्धि भएसङ्गै लकडाउनलाई पनि २८ गते सम्मकालागि लम्बाईएको छ। जिल्ला भित्र संक्रमण फ़ैलन नदिन कोरोना परिक्षण कार्यलाई पनि तिब्रता दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *