Fri. May 1st, 2026

तुल्सिपुर असोज,१/दिपक ओलि राप्ती जनता यातायात प्रा.लि ले आज बिश्वकर्मा पुजा भब्य रुपमा मानाउदै डिल बहादुर ओलिको अध्यक्षतामा एक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा विभिन्न निर्णयहरु गरेको अध्यक्ष डिल बहादुर ओलिले बताउनु भयो ।

बिश्वकर्मा पुजाको दिन सङ्गै दाङ जिल्लामा रहेका सबै यातायात एउटै डालय प्रणालीमा सन्चालन गर्ने निर्णय भएको अध्यक्ष ओलिले दियालो अन्लाईनलाई जानकारी दिनु भयो।

त्यसै गरि अहिले कोरोनाले गर्दा व्यावसायिहरु पनि ठाँउ ठाँउमा आत्महत्या गरेका र यस विषयमा सरकारले पनि कुनै ठाँउमा नहेरेको र सरकारले यस विषय ध्यानाकर्षण गराउने र आजका मिति देखि जस्तो सुकै परिस्थिति आएपनी हामी यातायात चलाउने सबै यातायात प्राली हरुले निर्णय गरेको भन्दै राप्ती जनता यातायात प्रा.लिका अध्यक्ष डिल बहादुर ओलिले जानकारी गराउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *