युवा,विद्यार्थी र जनपत्रकार संगठनले गरे संयुक्त रक्तदान

Bydipak oli

२०७८ जेष्ठ १५, शनिबार ०८:३७ गते २०७८ जेष्ठ १५, शनिबार ०८:३७ गते २०७८ जेष्ठ १५, शनिबार ०८:३७ गते


हेमन्त प्रकाश वलि जेष्ठ-१५,दाङ।
विप्लवले नेतृत्व गरेको नेकपा निकट युवा,बिद्यार्थी र जनपत्रकार संगठनले दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा संयुक्त रुपमा रक्तदान कार्यक्रम सम्पन्न गरेका छन।
पार्टी निकट युवा संगठन नेपाल दाङ,अखिल(क्रान्तिकारी)दाङ र जनपत्रकार संगठन नेपाल दाङ द्वारा क.महान,क.प्रज्वल लगाएत सहिदहरुको स्मृतिमा आयोजित रक्तदान कार्यक्रमको उद्घाटन नेकपाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितल वलिले गर्नुभएको थियो।
उद्घाटन कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका वलिले राज्य निकास,निष्कर्ष बिनाको संसदीय चक्रमा घुमिरहेको बताए।उनले यतिबेला राज्यको ध्यान नागरिकको जिबनरक्षामा हुनुपर्ने तर राज्य अर्को लफडा संसद विघटन,पुनःस्थापना,मध्याबधी चुनाब जस्ता निकास बिहिन चक्रमा घुमिरहेको बताए।वलिले कोभिडका विरुद्ध अग्रमोर्चामा लड्ने डाक्टर,नर्स ,सम्पुर्ण चिकित्सक,सुरक्षा निकायलाई धन्यबाद दिए।कोभिडका कारण ज्यान गुमाउने नागरिकहरु प्रती श्रद्धाञ्जली दिदै बिरामी नागरिकहरुको स्वास्थ्यलाभको कामना गर्दै उच्च मनोबलका साथ कोभिडका विरुद्ध लडाइ लड्न आग्रह गरे।
कार्यक्रममा नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिप वलि,युवा संगठन नेपालका केन्द्रिय सदस्य तिलक योगि,युवा संगठन नेपाल केन्द्रिय सदस्य बिरेन्द्र बिक,नेपाल रेडक्रस सोसाइटी दाङ शाखा मन्त्री प्रकाश श्रीबन्द,ब्लड बैंक इन्चार्ज दिलिप न्यौपानेको आतिथ्यता रहेको थियो।
रक्तदान कार्यक्रममा पार्टीका नेता-कार्यकर्ता,सुभेच्छुक,शुभचिन्तकहरु ४५ जनाले रक्तदान गरेका थिए। तेस्तै पत्रकार कृष्ण अधिकारी ले पनि सोही कार्यक्रममा रक्तदान गर्नु भयको थियो ।र नेकपा दाङ यतिबेला कोभिड-१९ का विरुद्ध जनतासंग सहकार्य गर्दै दृढतापुर्बक अग्रपंक्तिमा लडिरहेको छ।हिजो मात्रै नेकपा निकट युवा संगठनले कोरोना विशेष अस्पताल बेलझुण्डिका प्रतिनिधिसंग छ्लफल गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो