कर्मचारीको तलब दुई हजार वृद्धि , सांसद विकास कोष खारेज

Bydipak oli

२०७८ जेष्ठ १५, शनिबार १३:४९ गते २०७८ जेष्ठ १५, शनिबार १३:४९ गते २०७८ जेष्ठ १५, शनिबार १३:४९ गते

जेष्ठ-१५।

सरकारले सरकारी कर्मचारीको तलब २ हजार वृद्धि गरेको छ।अर्थमन्त्री विष्णु पौडेलले हाल दिइरहेको महँगी भत्तालाई कायम गर्दै सबै कर्मचारीको तलब मासिक २ हजारले बढाएका हुन्। यस्तै १० लाख सम्मको बिमा तथा आवासका लागि सहुलियतमा ऋण दिने अर्थ मन्त्री विष्णु पौडेलले जानकारी दिए।आगामी साउन १ गतेदेखि लागू हुने गरी मासिक दुई हजार तलब बढाइनुका साथै महँगी भत्ता यथावत रहेको मन्त्री पौडेलले जानकारी दिए।

सरकारले सांसदमार्फत खर्च गरिने बजेट कार्यक्रम खारेज गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत सांसद विकास कोषका नामले समेत चिनिने स्थानीय विकास साझेदारी कार्यक्रम खारेज गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो