Tue. May 26th, 2026

तुलसीपुर, २ फागुन । दाङको तुलसीपुरमा जनयुद्धको उपलब्धि एवं मिडियाको भूमिका विषयक बहस कार्यक्रम भएको छ।

प्रेस सेन्टर नेपाल तुलसीपुर शाखाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। तुलसीपुर शाखाका अध्यक्ष टेकराज भण्डारीको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री धनबहादुर मास्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो।

कार्यक्रममा प्रेस सेन्टरका संस्थापक र केन्द्रीय उपाध्यक्ष अजयदिप शर्मा, नागरिक समाज दाङका सचिब नारायण श्रेष्ठ, तुलसीपुर मेट्रो कलेजका सञ्चालक बसन्त आचार्य, शान्तिनगर गाउँपालिका १ का अध्यक्ष जङ्गबहादुर पुन, पत्रकार महासंघ दाङका उपाध्यक्ष नारायणी रजौरेलगायतले मुलक परिबर्तनमा जनयुद्धको भूमिका महत्वपूर्ण रहेको बताएका थिए ।प्रेस सेन्टर लुम्बिनी प्रदेशका उपाध्यक्ष भुपेन्द्र वलीले विषयबस्तु बारे जानकारी गराएका थिए ।

कार्यक्रमको प्रेस सेन्टरका सदस्य सागर सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रेस सेन्टर तुलसीपुरकी सचिव रिता केसीले गरेकी थिइन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *