Wed. Jun 17th, 2026

तुलसीपुर, १६ भदौ । दाङको दंगीशरण गाउँपालिका वडा नंं.६ स्थित बागरमा यस बर्ष पनि महोत्सव सञ्चालन हुने भएको छ । दाङ–सुर्खेत सडक खण्ड अन्तर्गत बागरमा यही असोज २ देखि १३ गतेसम्म महोत्सव सञ्चालन हुने भएको हो ।

फ्रेन्डस स्केट जोन प्रालि नारायणपुर दाङको आयोजना तथा मितेरी युवा क्लब तुलसीपुरको सहआयोजनामा दोस्रो दंगीशरण कृषि,पर्यटन, ब्यापारिक तथा सांस्कृतिक महोत्सव सञ्चालन हुन लागेको हो । जसको संरक्षकमा दंगीशरण गाउँपालिका र दंगीशरण गाउँपालिका वडा नं. ६ रहेका छन् ।

स्थानीय उत्पादनलाई बजारीकरण गर्ने तथा त्यस क्षेत्रको पर्यटनलाई प्रबद्र्धन गर्न महोत्सव सञ्चालन गर्न लागिएको महोत्सव सञ्चालक समितिका संयोजक अजय बुढाथोकीले बताए । उनका अनुसार महोत्सवमा ज्योति मगर, जी–बब, राजु परियार, शान्तारानी परियार, श्याम राना,, अनु चौधरी, टीका सानु, अन्जु कुस्मी, भागीरथ चलाउने, शत्तिः चन्द, सिमरन परियारलगायतका कलाकारहरुले प्रस्तुती राख्ने छन्साथै महोत्सवमा स्टलहरु पनि रहनेछन् । स्टलकालागि ३१ भदौसम्म सम्पर्क साथै महोत्सवमा स्टलहरु पनि रहनेछन् । सम्पर्क समेत सूचना जारी गरिएको छ । जहाँ गएको बर्ष पनि महाेत्सव सञ्चालन भएको थियो । सूचना जारी गरिएको छ । जहाँ गएको बर्ष पनि महाेत्सव सञ्चालन भएको थियो । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *