Fri. Jun 21st, 2024

अगामी भदौ २३ अर्थात सेप्टेम्बर १२ तारिखमा आईफोनको नयाँ सिरिज सार्वजनिक हुने भएको छ । एप्पलले आफ्नो वेवसाइट मार्फत भदौ अन्तिम साता लामो समय प्रतिक्षा गरिएको आईफोन १५ सिरिज सार्वजनिक गर्ने भएको हाे ।

कम्पनीका अनुसार नेपाली समय अनुसार भदौं २६ गते मंगलबार राति १० बजेर ४५ मिनेटदेखि एप्पलको प्रत्यक्ष प्रसारण हुने जनाइएको छ । इभेन्ट एप्पल टीभी, कम्पनीको वेबसाइट तथा युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण हुने उक्त नयाँ सिरिजमा आईफोन १४ मा देखिएका समस्याबारे सजकता अपनाउँदै १५ ल्याउन लागेको बताइएको छ ।

कम्पनीले गत बर्ष आईफोन १४ सार्वजनिक गरेको थियो । सो सिरिजमा भने प्रयोगकर्ताले ब्याट्री लाइफको बिषयमा गुनासो गर्दै आएका थिए ।

क्यालिफोर्नियामा रहेको स्टिभ जब्स थ्रियटरमा हुने इभेन्टमा आईफोन १५, नयाँ संस्करणका आईप्याड, म्याकलगायतका डिभाइस सार्वजनिक गर्ने तयारी छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *