बैशाख ३१।
राष्ट्रपतिको आह्वान अनुसार बहुमतको सरकार बन्न नसकेपछि सबैभन्दा ठूलो दलको नेताका हिसाबले प्रधानमन्त्रीमा फेरि केपी शर्मा ओली नियुक्त भएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेको पुष्टि गर्दै राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले प्रधानमन्त्रीको शपथ शुक्रवार अपराह्ण हुने जानकारी दिए।
राष्ट्रपति कार्यालयले एक विज्ञप्ति प्रकाशित गर्दै प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्यहरू भएको दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलका नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गरिएको जनाएको छ।ओलीलाई हटाएर नयाँ सरकार बनाउने विपक्षी दलको प्रयास विफल भएपछि ओलीनै प्रधानमन्त्री नियुक्त हुने बाटो खुलेको थियो।गत सोमवार संसद्मा विश्वासको मत प्राप्त गर्न विफल बनेका ओली पुन: संविधानको धारा ७६(३) अनुसार प्रधानमन्त्री बनेका हुन्।