Sat. May 18th, 2024

अाज मिति २०८०/०९/१३ गते शुक्रबार जनप्रिय इङ्लिस स्कुलकाे अभिभावक भेला सम्पन्न भएकाे छ। विद्यालयका संस्थापक,सेयर सदस्य एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्बिका प्रसाद याेगीकाे अध्यक्षता र तुलसीपुर उपमहानगरपालिका वर्डा न २ का वडा अध्यक्ष भीम वहादुर याेगीकाे प्रमुख अातिथ्यतामा भएको कार्यक्रम विद्यालयका प्राचार्य प्रकाश कुमार शर्माकाे स्वागत मन्तव्यबाट सुरु गरिएकाे थियाे भने कार्यक्रमकाे सहजीकरण अतिरिक्त कार्यक्रम निर्देशक बासुदेव अाचार्यले गर्नुभएको थियाे। कार्यक्रमा अभिभावकबाट उठाएका विविध किसिमका प्रस्तावित विषयहरुलाई सर्वसम्मति सहित पारित गरिएकाे थियाे । साथै अाज भएकाे अभिभावककाे भेलाबाटै विभिन्न भूगोल र क्षेत्रलाई समेटने गरि १७ सदस्यीय विद्यालय अनुगमन तथा संरक्षण समिति पनि गठन गरिएकाे छ। जसकाे अध्यक्षमा अभिभावक कान्छी चाैधरी रहनुभएकाे छ भने सदस्य सचिवमा विद्यालयका शैक्षिक निर्देशक राम बहादुर के सी रहनुभएकाे छ । नवगठित कार्य समितिलाई हार्दिक बधाई सहित सफल कार्यकालकाे शुभकामना !

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *