Fri. Jul 11th, 2025

गोपाल गिरी २०भदौ। दाङको तुल्सिपुर उपमहानगरपालिकामा आज १८ जनामा कोरोना संक्रमण भेटिएको छ। तुल्सिपुरबाट संकलन गरिएका १४३ नमुना स्वाब राप्ती बिज्ञान प्रतिष्ठान घोराहीमा पिसिआर परिक्षण गर्दा १९ जनामा संक्रमण भेटिएको हो, जसमा १ जना संक्रमीत शान्तिनगर गाउँपालिकाका रहेका छन् ।
तुल्सिपुरमा संक्रमीत हुनेहरुमा वडा न. १ का १ जना , वडा न.५ र ६ का समान ४-४ जना, वडा न.७ का २ जना, वडा न.८ र १७ का समान १-१ जना, वडा न.१८ का २ जना र वडा न.१९ का ३ जना रहेका छन् । तुल्सिपुर -७ मा संक्रमीत २ जना मध्य एकजना ९ महिनाको शिशु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *