दाङमा लकडाउनको स्वरुप परिवर्तन गरी लम्ब्याउने तयारी

Bydipak oli

२०७७ भाद्र २०, शनिबार ११:५९ गते २०७७ भाद्र २०, शनिबार ११:५९ गते २०७७ भाद्र २०, शनिबार ११:५९ गते

कमल कडेल भाद्र२० दाङ।

दाङमा एक साताका लागि गरिएको लकडाउन थप्ने तयारी भएको छ ।जिल्लामा कोरोना संक्रमण कायमै रहेको अवस्थामा लकडाउनको स्वरुप परिवर्तन गरी जारी लकडाउनलाई लम्ब्याउने तयारी गरिएको हो ।

कोरोना संक्रमण समुदायस्तरमै देखिएपछि जिल्ला संकट व्यवस्थापन समितीको बैठकले भदौ १४ गते राती १२ बजदेखि भदौ २१ गते अर्थात भोलि राती १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरिएको थियो ।एक साताका लागि गरिएको लकडाउनको अवधि सकिनै लाग्दा जिल्लामा स्वरुप परिवर्तन गरी निरन्तरता दिने तयारी भएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।
जिल्लामा जारी लकडाउनलाई स्वरुप परिवर्तन गरी निरन्तरता दिने वा पुरै हटाउने विषयमा आइतबार सिसीएमसीको बैठक भोलि बस्ने उहाँले बताउनुभयो । भोलि बस्ने बैठकले नै अन्तिम टुंगो लगाउने प्रजिअ रिजालले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो