रेल विभागका हाकिम र मलको ठेक्का लिएर किसानलाई उपलब्ध नगराउनेलाई कार्वाही गर्न विप्लव समूहको चेतावनी

Bydipak oli

२०७७ भाद्र २१, आईतवार ०४:५० गते २०७७ भाद्र २१, आईतवार ०४:५० गते २०७७ भाद्र २१, आईतवार ०४:५० गते

२१भदौ। लामो समय निष्क्रिय देखिएको भूमिगत विद्रोही विप्लव समूह फेरि सक्रिय भएको छ । सो समूहमा प्रवक्ता खड्गबहादुर विश्वकर्मा(प्रकाण्ड) ले एक विज्ञप्ति जारी गर्दै केही ठेकदार र सरकारी कर्मचारीमाथि कारबाहीको चेतावनी दिएका छन् ।

काँकडभिट्टा–इनरुवा रेल्वे ठेक्कामा भ्रष्टाचार गरेको भन्दै रेल विभागका हाकिम र ठेकदारहरुका साथै मलको ठेक्का लिएर किसानलाई उपलब्ध नगराउने ठेकदार (प्रचण्डका घरबेटी) समेत लाई सरकारले तत्काल कारबाही गर्न प्रकाण्डले माग गरेका छन् ।सरकारले उनीहरुमाथि कारवाही नगरे आफ्नो पार्टीले कारबाही गर्नेे प्रकाण्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो