Mon. Feb 10th, 2025

कृष्ण अधिकारी, २३ जेठ,दाङ दारी ग्याङ दाङ द्वारा सन्चालित फुड बैकं कार्यक्रम अन्तर्गत आज घोराही र तुल्सिपुर गरि जम्मा १३ घर परिवार लाई सहयोग गरिएको छ। अभियान अन्तर्गत मजदुर, विपन्न यकल तथा अपाङ्ग परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । लकडाउनमा अति विपन्न परिवार रोगले भन्दा भोकले मर्ने र आफुले आफै मा परिवार चिन्ता अवस्था सिर्जना हुन लागेको भन्दै दारी ग्याङ दाङ ले यो अभियान सञ्चालन गरिएको हो र अाजकाे कार्यक्रम अन्तर्गत तुल्सिपुर उपमाहनगरपालिका १७ मज्गै का ३ घर परिवार , घोराही ११ मज्गै का २ घर परिवार , घोराही वडा नम्बर २ सुन्पुर का ६ घर , र घोराही उपमाहनगरपालिका वडा नम्बर २ मा २ घर लाई सहयोग गरेको आज का कार्यक्रम संयोजक प्रख्यात सुवेदी ले बताउनुभयो । र कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन का कारण दैनिक ज्याला मजदुरी गर्न नपाएर विहान वेलुका छाक टार्न समेत समस्या परेका घोराही वडा नं १७ र ११ का परिवारहरुले भन्नु भएको छ। र दारी ग्याङ दाङ समुहले प्रति परिवार चामल, दाल, नुन र तेल खाद्यान्न सहयोग गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *