
कार्तिक२४।
नेपालमा आज थप २,५७१ जनामा कोरोनाभाइरस सङ्क्रमण र १८ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अपराह्ण जनाएको छ।सो अवधिमा ११,११७ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्।
काठमाण्डू उपत्यकामा सर्वाधिक सङ्क्रमित फेला पर्ने क्रम जारी छ।सङ्क्रमितमध्ये १,०५१ महिला र १,५२० पुरुष छन्।यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १,९७,००० नाघेको छ। तीमध्ये १,५९,७२४ जना सङ्क्रमणमुक्त भएका छन्।अहिलेसम्म नेपालमा १,१२६ सङ्क्रमितको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले जनाएको छ।