Thu. Mar 27th, 2025

मङ्सिर ७।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले आफ्नो पार्टी कुनै पनि हालतमा नफुट्ने बरु एकजुट भएर जाने बताउनुभएको छ ।डोटीको पूर्वीचौकी गाउँपालिका २ को बग्लेकमा आयोजना गरिएको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता रावलले पार्टीमा आन्तरिक विवाद भए पनि कुनै पनि हालतमा नफुट्ने बरु एकजुट भएर जाने बताउनुभयो । उहाँले भन्नुभयो, ‘पार्टीमा विवाद छ तर फुट्ने कुरा छैन, विवाद समाधान गरेर पार्टी मजबुत भएर जाने छ ।’

नेता रावलले सचिवालय र स्थायी कमिटी बैठकसँगै केन्द्रीय कमिटीको बैठकमा विवाद हुने अवस्था देखिए पनि सबै समस्या तथा मनमुटाव समाधान हुने दाबीसमेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेकपा ठूलो पार्टी हो, ठूलो ठाउँमा विवाद भइहाल्छ तर पार्टी नै फुटिहाल्छ भन्ने अवस्था छैन ।’ नेकपाका सबै नेताहरु लोकतन्त्रमा विश्वास राख्ने भएका कारण पार्टी कमिटीले गरेको निर्णय दुवै अध्यक्षले अनिवार्य मान्नुपर्ने तथा मान्दिनँ भन्न कसैलाई पनि छुट नभएको उहाँले बताउनुभयो । जनमतको कदर गर्नकै लागि भए पनि पार्टी सधैँ एक ढिक्का भएर जानेसमेत उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *