नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य वृद्धि

Bydipak oli

२०७७ मंसिर ७, आईतवार ०७:४८ गते २०७७ मंसिर ७, आईतवार ०७:४८ गते २०७७ मंसिर ७, आईतवार ०७:४८ गते

मङ्सिर ७।

नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला ३०० रुपैयाँले वृद्धि भएको छ। शुक्रबार पहेँलो धातु प्रतितोला ९४ हजार रुपैयाँमा कारोवार भएकामा आज ९४ हजार ३०० रुपैयाँ पुगेको छ।

यस्तै तेजाबी सुन शुक्रबार प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोवार भएकामा आज ९३ हजार ८०० रुपैयाँमा कारोवार भएको छ। यस्तै चाँदीको मूल्य भने स्थिर छ। चाँदी प्रतितोला एक हजार २१० रुपैयाँमा कारोवार भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो