
कार्तिक २३
प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकामा राष्ट्रपति निर्वाचन जितेका जो बाइडनलाई बधाई दिएका छन्।प्रधानमन्त्री ओलीले आइतबार ट्वीट गर्दै राष्ट्रपति जो बाइडन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका हुन्।
ऐतिहासिक जितका लागि प्रधानमन्त्रीले बधाई दिएका हुन्।
नयाँ अमेरिकी नेतृत्वसँग नजिक रहेर काम गर्न चाहेको बताउँदै ट्वीटमा प्रम ओलीले दुई देशबीच मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउन नजिकबाट काम गर्ने बताएका छन्।