घोडाबाट लडेर मुख्यमन्त्री शाही घाइते

Bydipak oli

२०७७ कार्तिक २२, शनिबार १४:३२ गते २०७७ कार्तिक २२, शनिबार १४:३२ गते २०७७ कार्तिक २२, शनिबार १४:३२ गते

कार्तिक २२
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही घाइते भएका छन्। शुक्रबार हुम्ला पुगेका शाही शनिबार सदरमुकामबाट सिमकोट गाउँपालिका– ३ को तोर्पा, बरगाउँदै हुँदै लिमाटाङ्ग जाने क्रममा घोडाबाट लडेर सामान्य घाइते भएका हुन्।

सदरमुकामबाट गाडीमा सवार भएका मुख्यमन्त्री शाहीलाई त्यहाँका स्थानीय लामा समुदायले घोडामा चड्नका लागि स्वागत गरेपछि उक्त घोडाबाट लडेर उनी घाइते भएका हुन्।
मुख्यमन्त्री शाही चडेको घोडा तर्सिदा लडेर घाइतेभएका हुन् ।मुख्यमन्त्री शाहीलाई अहिल सिमकोटबाट हेलिकप्टर गएर उद्धार गरी सदरमुकाम ल्याइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो