Fri. Mar 28th, 2025

बैशाख २७।

प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न असफल भएका छन्।संविधानको धारा १०० बमोजिम विश्वासको मत लिन सोमवार बोलाइएको प्रतिनिधिसभाको बैठकमा भएको मतदानमा ओलीको विपक्षमा १२४ जना सांसद उभिए।

प्रधानमन्त्रीको दल नेकपा एमालेका १२१ सांसद भए पनि माधव नेपाल-झलनाथ खनाल समूहका सांसदहरू बैठकमा अनुपस्थित थिए।उपस्थित २३२ सांसद मध्य ओलीका पक्षमा ९३ र विपक्षमा १२४ सांसदले मतदान गरेको हुनाले उनले प्रस्तुत गरेको प्रस्ताव असफल भएको सभामुख अग्नि सापकोटाले घोषणा गरे। यसैगरी १५ जना सांसद भने तटस्थ रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *