नेपालमा आज थप ९,३०५ जनामा कोरोनाभाइरस सङ्क्रमण

Bydipak oli

२०७८ बैशाख २९, बुधबार १३:२८ गते २०७८ बैशाख २९, बुधबार १३:२८ गते २०७८ बैशाख २९, बुधबार १३:२८ गते

बैशाख २९।

नेपालमा आज थप ९,३०५ जनामा कोरोनाभाइरस सङ्क्रमण र १६८ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

पीसीआर विधि र एन्टिजन विधिबाट परीक्षण गर्दा अहिले त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्।
काठमाण्डू उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम अहिले पनि जारी रहेको छ।यो वृद्धिसँगै देशभरि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख नाघेको मन्त्रालयले जनाएको छ।अहिले काठमाण्डू उपत्यकामा ४१ हजारभन्दा धेरै सक्रिय सङ्क्रमित छन्।चौबीस घण्टाको अवधिमा ४,४४४ जना मानिस कोभिड-१९ मुक्त भएको सरकारी तथ्याङ्कले देखाउँछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो