Sun. Feb 9th, 2025

१८भदौ। सत्तारुढ नेकपाले राष्ट्रियसभामा रिक्त एक मनोनीत सदस्यमा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष गौतमलाई सिफारिस गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

बैठकमा कार्यदल प्रतिवेदनमा छलफल गरी ठोस कार्ययोजना बनाई प्रस्ताव प्रस्तुत गरिने पनि प्रवक्ता श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *