गायक दिपक वलीले सांस्कृतिक राष्ट्रिय म्युजिक अवार्ड २०८० को गायक अवार्ड हात पारेका छन । कि तिमिलाई झल्को आउदैनर बोल को गीत बाट अवार्ड जित्न सफल भएका हुन ।
सल्यान जिल्लाको लौराबाङमा जन्मिएका वलि हाल अहिले दाङ जिल्लाको तुलसीपुरमा पत्रकारिता, सामाजिक अभियानता सङ्गै कलाकारिता क्षेत्रमा सक्रिय रहेका छन ।
आज पुष ८ गते काठमाण्डौ स्थित नेपाल चलचित्र बोर्डको सभा हलमा अवार्ड घोषणा कार्यक्रम राखिएको थियो ।
वलि हेर्दा गोलु भएता पनि उनि नाच्न पनि उत्तिकै माहिर छन । उनि भन्छन् मलाई मेरो सामाजिक अभियानता कामलाई यो कलाकारिता पेसाले चिनिन थप हौसला गरेको र यो पेसा बाट आफु टाढा रहेर खुसि नहुने बताएका छन ।उनि थप्छन् मेरो नेतृत्वमा दुखि पीडितको ३ वटा घर बनाएको र ति त्यस्ता काममा सक्रिय हुदा तपाई यो मान्छे होइनर भन्दै म सङ्ग बोल्दा खुसि लागेको बताए ।
आज पुष ८ गते काठमाण्डौ स्थित नेपाल चलचित्र बोर्डको सभा हलमा अवार्ड घोषणा कार्यक्रम राखिएको थियो ।
उपमा संचार प्रालिको आयोजना भएको सांस्कृतिक म्युजिक अवार्ड २०८० को प्रमुख अतिथि राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले कलाकार देशका गहना भएको र यि गहनालाई राज्यले संरक्षण गर्नुपर्ने बताएका छन् । यि यस्ता अवार्डहरुको कार्यक्रम गरेर कलाकारहरुलाई अवार्ड प्रदान गर्नाले अग्रज कलाकारको संमान हुने र नब कलाकारहरुलाई हौसला, उर्जा थपिन सहयोग हुने भएकोले यस्तो अवार्ड कार्यक्रम बेला बेलामा हुन महत्त्वपूर्ण भएको बताउदै कार्यक्रम गर्ने आयोजक संस्थालाई समेत धन्यवाद दिएका थिए । अवार्ड कार्यक्रमलाई थप प्रभावकारी बनाउन चरचित गायक इन्द्र जिसिले जुरि निर्णायकको सफलता पुर्वक आफ्नो भुमिका निर्वाह गरेका थिए । अतिथि कलाकार रुपमा चरचित गायक तथा संगीतकार बिबि अनुरागि, चरचित गायक खुमन अधिकारि लगाएत विभिन्न प्रदेश बिभिन्न जिल्लाका राष्ट्रिय संगीतकर्मी संघ, दोहोरी गित प्रतिष्ठान, कलाकारको हक हितमा बोल्ने संस्थाका नेतृत्वहरुको उपस्थिति रहेको थियो ।
अवार्ड कार्यक्रमलाई सभ्य भब्य बनाउन सहयोग गर्नुहुने विभिन्न तह र तप्काका ब्यक्तित्वहरुलाई कार्यक्रमको सभा-ध्यक्ष समेत रहेकि संस्थाको अध्यक्ष अस्मि गौतमले सबैलाई धन्यवाद दिएकि थिइन ।