सक्सेस एकाडेमी द्वारा प्राभात फेरि कार्यक्रम सम्पन्न

Author Logo..
२०७९ पुष २७ गते बुधवार

सक्सेस एकाडेमी द्वारा प्राभात फेरि कार्यक्रम सम्पन्न ।
दिपक ओलि , पुस २७ तुल्सिपुर दाङ। तुल्सिपुर ९ बेलुवा स्थित सप्तरङ्गि ईंग्लिश स्कुल ( सक्सेस एकाडेमी) ले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अबसरमा प्रभात फेरि कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा बिद्यार्थीहरु राष्ट्रिय एकता झल्काउने गरि विभिन्न जात जातिका पोसाकमा उपस्थित रहेका थिए । उक्त कार्यक्रममा विद्यार्थीहरुले राष्ट्रिय एकता झल्काउने सन्देश बोकेका विभिन्न प्लेकार्ड संगै रास्ट्र निर्माता पृथ्वीनारायण शाहका दिब्य उपदेशहरु लेखिएका प्लेकार्डमा उपस्थित रहेका थिए । विद्यालयले आयोजना गरेको उक्त कार्यक्रममा बिधालय संचालक समितिका अध्यक्ष ललित जंग शाह, बिधालयका प्रअ प्रदीप वलि, सहायक प्रअ गोपाल गिरी , माबि सम्योजक बिमल नेपाल लगात विद्यालयका अन्य शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।
प्रभात फेरि कार्यक्रम पछि बिधालयमा आयोजित कार्यक्रममा उक्त कार्यक्रमका सभापति बिधालयका प्रअ प्रदीप वलि , कार्यक्रमकि प्रमुख अतिथि प्राबि शैक्षिक डाइरेक्टर दिप्ति राना , शिक्षक दिनेश गौतम लगायतका वक्ताहरुले आ-आफ्नो मन्तव्य राख्नु भएको थियो । शिक्षक दिनेश गौतमले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको उच्च कदर गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो। त्यस्तै बिधालयका प्रअ प्रदीप वलीले राष्ट्रिय एकता आजको आवश्यकता रहेको र राष्ट्रिय एकता कायम गर्न सबैमा अनुरोध गर्नु भएको थियो। उक्त कार्यक्रमको सहजीकरण बिधालयका सहायक प्रअ गोपाल गिरीले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार