
जेठ ०९ दाङ | दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९, शिवपुरको पुण्य भूमिमा भव्य रूपमा सम्पन्न भएको ‘श्रीमद् देवी भागवत नवाह ज्ञान विज्ञान महापुराण’ धनधान्यान्चल पितृ मोक्ष तथा आरती पुजा अर्चना २०८३ को आय-व्यय विवरण आज एक विशेष कार्यक्रमका बिच सार्वजनिक गरिएको छ। श्री सत्य सुन्दरादेवी भगवती मन्दिर को भौतिक संरचना र मन्दिर व्यबस्थित गर्नको लागि आयोजना गरिएको थियो । वैशाख १९ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको उक्त महापुराणको आज सार्वजनिक सुनुवाइ तथा आय-व्यय सार्वजनिक गरिएको हो । ९ दिनसम्म सञ्चालन भएको नवाह महापुराण भव्य र सभ्य रूपमा सफल भएको आयोजकले जनाएको छ । महापुराणमा देश-विदेश तथा स्थानीय योगदाताहरूबाट उत्साहजनक सहयोग प्राप्त भएको थियो । आजको आर्थिक आय-व्यय विवरण कार्यक्रम श्री सत्य सुन्दरादेवी भगवती मन्दिर व्यवस्थापन समितिकी कोषाध्यक्ष कल्पना केसि वलीले प्रस्तुत गर्नुभएको थियो। बचत भएको रकम मन्दिरको भौतिक पूर्वाधार र धार्मिक कार्यमा उपयोग गरिने समितिले जानकारि दिएको छ ।
मन्दिर व्यवस्थापन समितिका अनुसार जम्मा कुल रकम रू ३८, ५६, २२८/- (अक्षरुपि अर्तिस लाख छपन्न हजार दुई सय अठाईस रुपैयां ) आम्दानि भएको थियो र १३,६९,५६२/- (अक्षरुपि तेह्र लाख उनसहत्तर हजार पाँच सय बैसठ्ठी रुपैयां ) खर्च भएको थियो साथै रू २४,८६,६६६/- अक्षरुपि चौबिस लाख छयासी हजार छ सय छैसठ्ठी रुपैयां ) बचत भएको छ । यस बचत रकमलाई फेरि सम्पूर्ण टोलबासी अग्रज व्यक्तित्व बुद्धिजीवीलाई भेला गरेर छिट्टै मन्दिरको भौतिक संरचना निर्माण गर्ने मन्दिरलाई पर्यटकीय स्थल र धार्मिक ठाउँ , शिवको पुरि बनाउने विषयमा छलफल गर्ने मन्दिर व्यबस्थापन समितिका अध्यक्ष मोहनलाल गैरेले जानकारि दिनुभयो ।
आय-व्यय सार्वजनिक सुनुवाइ कार्यक्रममा मोतिराम केसि को सभाध्यक्ष , महालक्ष्मी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष डिल्ली प्रसाद भण्डारी प्रमुख अतिथि, विशिष्ट अतिथि शिक्षक खगेन्द्र काफ्ले र मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मोहनलाल गैरे रहनुभएको थियो । अतिथिहरुमा सुशान्त मल्ल, दुर्गा डाँगी, बम बहादुर मल्ल , कान्त प्रसाद खरेल, शर्मिला शर्मा, सीता रोकाय, राम प्रसाद बस्याल लोकराज डाँगी र सल्लाहकार विजय मल्लको गरिमामय सहभागिता रहेको थियो ।
यस धार्मिक महाअनुष्ठानमा प्रमुख वाचकका रूपमा श्री बाल ब्रह्मचारी केशाचार्य सूर्यपाकी रहनुभएको थियो, जसको सङ्गीतमय कथा वाचनले भक्तजनहरूलाई मन्त्रमुग्ध पार्नु भएको थियो । यसैगरी, ९ दिने ऐतिहासिक महापुराणको सम्पूर्ण कार्यक्रमलाई विधिवत् रूपमा समापन महापुराणका संयोजक मोतिराम केसीले गर्नुभएको थियो। समापनका अवसरमा बोल्दै संयोजक केसीले महापुराण सफलतापूर्वक सम्पन्न गराउन अहोरात्र खटिने सम्पूर्ण भक्तजन, स्वयंसेवक, सञ्चारकर्मी तथा योगदाताहरूलाई आयोजक समितिको तर्फबाट विशेष धन्यवाद एवं आभार प्रकट गर्नु भएको थियो ।
नवीन शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण मन्दिर व्यवस्थापन समितिका सचिव दुर्गा बस्यालले गर्नुभएको थियो।
