सक्सेस एकेडेमीमा वार्षिक Summer Day Celebration सम्पन्न

Bydipak oli

२०८३ जेष्ठ ९, शनिबार १३:४८ गते २०८३ जेष्ठ ९, शनिबार १३:४८ गते २०८३ जेष्ठ ९, शनिबार १३:४८ गते

सक्सेस एकेडेमीमा वार्षिक Summer Day Celebration सम्पन्न

तुलसीपुर–९, बेलुवा, दाङस्थित सक्सेस एकेडेमी मा वार्षिक कार्यक्रम अन्तर्गत Summer Day Celebration उत्साहपूर्वक सम्पन्न भएको छ। कार्यक्रममा नर्सरीदेखि कक्षा २ सम्मका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममार्फत विद्यार्थीहरूलाई गर्मी मौसमका विशेषता, यस समयमा अपनाउनुपर्ने स्वस्थ जीवनशैली, उपयुक्त खानपान तथा लगाउन उपयुक्त पोसाक सम्बन्धी जानकारी प्रदान गरिएको थियो। साथै विद्यार्थीहरूले स्वादिलो लस्सी तथा विभिन्न गर्मी मौसमका फलफूलको स्वाद लिँदै सिकाइसँगै रमाइलो अनुभव पनि साटेका थिए।

कार्यक्रममा विद्यालयका उप–प्रधानाध्यापक गोपाल गिरी ले गर्मी मौसममा प्रशस्त पानी पिउन, शरीरमा पानीको मात्रा सन्तुलित राख्न तथा चिसा पेय पदार्थको प्रयोग सकेसम्म कम गर्न विद्यार्थीहरूलाई सुझाव दिनुभयो।

त्यसैगरी विद्यालयका प्रधानाध्यापक प्रदीप वली ले मौसमअनुसार आफ्नो दैनिक जीवनशैली तथा बानी–व्यवहार परिवर्तन गर्दै स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन विद्यार्थीहरूलाई प्रेरित गर्नुभयो।

विद्यालयकी पूर्व–प्राथमिक तह संयोजक यमुना पुन को संयोजन तथा सञ्चालनमा सम्पन्न कार्यक्रमले विद्यार्थीहरूमा स्वास्थ्य सचेतना, मौसमअनुकूल व्यवहार तथा रमाइलोसँग सिक्ने संस्कार विकास गर्न सहयोग पुगेको विद्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो