
एन–प्याब्सन दाङद्वारा दुईदिने शिक्षक व्यावसायिक विकास कार्यशाला भव्य रूपमा सम्पन्न
तुल्सीपुर, दाङ ।
National PABSON Nepal अन्तर्गत National PABSON Dang को आयोजनामा “Teaching English Language Through Cum Activity Integrated Curriculum” विषयक दुईदिने शिक्षक व्यावसायिक विकास (Teachers Professional Development Workshop) कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
२०७३ जेठ २ र ३ गते Metro Darbar मा सम्पन्न उक्त कार्यशालामा जिल्लाभरका संस्थागत विद्यालयका शिक्षक तथा शिक्षिकाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमले सहभागी शिक्षकहरूमा नयाँ शिक्षण शैली, गतिविधिमूलक सिकाइ तथा आधुनिक अंग्रेजी भाषा शिक्षण विधिप्रति थप उत्साह र ऊर्जा थपेको सहभागीहरूले बताएका छन् ।
कार्यक्रमको सञ्चालन Hari Prasad Bhandari ले गर्नुभएको थियो भने अध्यक्षता Bhojraj Neupane ले गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि Prakash Kumar Sharma रहनुभएको थियो । त्यसैगरी विशिष्ट अतिथिका रूपमा Man Bahadur Khadka, Bhim Bahadur Budhathoki उपस्थित रहनुभएको थियो ।
कार्यक्रममा अनुभवी प्रशिक्षक Hikmat Bahadur Oli तथा Manoj Bikram Bista ले सहजीकरण गर्नुभएको थियो । उहाँहरूले अंग्रेजी भाषा शिक्षणलाई व्यवहारिक, सिर्जनात्मक तथा गतिविधिमूलक बनाउने विविध आधुनिक प्रविधि, विद्यार्थी सहभागिता वृद्धि गर्ने उपाय, कक्षाकोठा व्यवस्थापन तथा Activity Integrated Curriculum सम्बन्धी प्रभावकारी प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
दुई दिनसम्म सञ्चालन भएको कार्यशालामा सहभागी शिक्षकहरूले सिकाइलाई विद्यार्थीमैत्री, व्यवहारिक र परिणाममुखी बनाउने नयाँ अवधारणा तथा शिक्षण सीप हासिल गरेको बताएका छन् । सहभागीहरूले यस्ता कार्यक्रमले विद्यालय शिक्षाको गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।
समापन कार्यक्रममा बोल्दै वक्ताहरूले शिक्षकको पेशागत क्षमता अभिवृद्धि बिना गुणस्तरीय शिक्षा सम्भव नभएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता प्रभावकारी तालिम तथा कार्यशालालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रमले दाङ जिल्लामा संस्थागत विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि, शिक्षकहरूको क्षमता विकास तथा आधुनिक शिक्षण प्रणाली प्रवर्द्धनमा महत्वपूर्ण सन्देश दिएको आयोजकले जनाएको छ ।
