इश्वर वि सी/२५ असार |तुलसीपुर उपमहानगरपालिका वडा नं ५ नामिनगर टाेल विकास संस्था निवासी सहयोग दाता OWG राप्ती सञ्जिवनी अर्गानिक सेन्टर तुलसीपुर दाङका सञ्चालक तथा राष्ट्रिय प्रशिक्षक एवम् समाजसेवी सुशील खड्का क्षेत्रीले रू ३०००।-(तीन हजार)अार्थिक सहयोग प्रदान गर्नुभएको छ। मनका धनी, दयाका खानी, समाजसेवी खड्काले दियालो अनलाइनडट कम द्वारा ´´अाफु पनि बचाैं अरूलाई पनि बचाउ”भन्ने उद्देश्यले सञ्चालन गरिएको यस अभियानमा सहयोग गर्नुभएको छ । काेभिड १९ संक्रामक राेगका कारण निशेधाज्ञा का कारण छाक टार्न नसकेका ,असहाय ,अशक्त र विपन्न समुदायका व्यक्तिहरूकाे दुखेको घाउमा मल्हम पट्टी लगाउने पुन्य काम गर्ने मनका धनी खड्काले अाफ्नाे सानो अनुरोधमा यति महान काम गरेकोमा दियालो अनलाइनका प्रधान सम्पादक दिपक वलीले सम्मान सहित अाभार प्रकट गर्नुभएको छ । दानदाताले पठाउनुभएकाे सहयोग रकम जस्ताकाे त्यस्तै पिडित कहाँ पुर्याउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । उहाँले अझैपनि अार्थिक अभावका कारण छाक टार्न नसकेका ,असहाय ,अशक्त र विपन्न समुदाय, एकल महिला लगाएतका व्यक्तिहरूलाई सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ । दियालो अनलाइन डट कम द्वारा सञ्चालित ´´अाफु पनि बचाैं अरूलाई पनि बचाउ”भन्ने अभियान लाई सहयोग गर्न चाहानेलाई लागि ग्लोबल आई मि बैकमा रहेको गोपाल गिरि नाममा रहेको खाता नम्बर 5707010008204 साथै हाम्रो फोन नम्बर ,9863152123,9866854083 मा सम्पर्क गर्न दियालो अनलाइनका प्रधान सम्पादक दिपक वलीले अपिल गर्नुभएको छ ।