Mon. Apr 13th, 2026

उज्यालो नेटवर्क एण्ड मल्टिपर्पोज प्रालिद्वारा तीज विशेष मिलन तथा वृहत सांस्कृतिक कार्यक्रम सम्पन्न

तुलसीपुर, दाङ ।
उज्यालो नेटवर्क एण्ड मल्टिपर्पोज प्रालि, तुलसीपुर–५ दाङले नारीहरूको महान पर्व तीज विशेष मिलन तथा वृहत सांस्कृतिक कार्यक्रम भव्यतापूर्वक सम्पन्न गरेको छ।

दीपक वलीको सभाध्यक्षता र भीम ओली (एसबी) को संयोजकत्वमा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री तथा सांसद धनबहादुर मास्की (राजेश) प्रमुख अतिथिका रूपमा उपस्थित हुनु भएको थियो। सो कार्यक्रममा वाइसीएल नेपालका केन्द्रीय सचिव अमर नेपाली (माइकल), तुलसीपुर उपमहानगरपालिका वडा नं.१६ का वडा अध्यक्ष शिवानन्द डाँगी र लालबहादुर डाँगी विशिष्ट अतिथिका रूपमा सहभागी हुनु भएको थियो।

कार्यक्रममा चर्चित कलाकारहरू विनोद महतरा, रमेश शर्मा, उषा दशौदी, मनिषा घर्ती, मनोलिसा पुन, ऋतु विक, पूजा सिंह, हेमराज खड्का, ईश्वरी भण्डारी, रोजी पराजुली, पार्वती विकलगायतले सांगीतिक प्रस्तुति दिएर पानी परेको परिस्थितिमासमेत दर्शकलाई रमाइलो गराएका थिए।

सो अवसरमा सहयोगी दाताहरूलाई सम्मान गरिएको थियो भने तुलसीपुर–५ बुद्धनगर टोल निवासी बिरामी सुरेन्द्र बस्नेतलाई आर्थिक सहयोग समेत प्रदान गरिएको आयोजकले जनाएको छ।

ईश्वरी भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सहजीकरण तथा सञ्चालन सन्दीप गौतमले गरेका थिए। प्रमुख अतिथिले संस्थाले छोटो समयमा समाजका विपन्न वर्गका लागि गरेको योगदानको प्रशंसा गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी कार्य निरन्तर हुने विश्वास व्यक्त गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *