Sun. May 24th, 2026

भाद्र ५ सल्यान

सल्यानको दार्मा गाउँपालिका–२ स्थित भुवन टाकुरीको बालकल्याण माध्यमिक विद्यालयमा अध्ययनरत गरिब, जेहेन्दार तथा असहाय विद्यार्थीहरूलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ।

अखिल नेपाल खेलकुद महासंघ सल्यानका अध्यक्ष तथा विद्यार्थी युवा नेता रवि किरण करालाको जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा १२ जना विद्यार्थीलाई कापी, कलमलगायत शैक्षिक सामग्री प्रदान गरिएको हो। साथै विद्यालयमा खेलकुद गतिविधिलाई प्रवर्द्धन गर्ने उद्देश्यले , भलिबल, नेट र पम्पसमेत विद्यालयलाई हस्तान्तरण गरिएको छ।

कार्यक्रममा बोल्दै अध्यक्ष करालाले ग्रामीण भेगका विद्यार्थीहरूलाई शिक्षामा पहुँच पुर्‍याउनु र खेलकुदप्रति आकर्षण बढाउनु आफ्नो प्राथमिकता रहेको बताए। उनले आगामी दिनहरूमा पनि यस्ता सहयोगमूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

विद्यालयका प्रधानाध्यापक , शिक्षक तथा कर्मचारीहरूले अध्यक्ष करालालाई धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा आत्मबल, उत्साह र प्रेरणा थपिने विश्वास व्यक्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *