Mon. May 4th, 2026

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका अनियमिततालगायतका विषयमा बोलेको भन्दै सामाजिक अभियन्ता एवम माओवादी पूर्व जनमुक्ति सेना। मंगलसिंह प्रजालाई प्रहरीले पक्रेको छ ।

प्रधानमन्त्री ओलीको सचिवालयको ठाडो आदेशमा प्रहरीले प्रजालाई काठमाडौंको बानेश्वरबाट पक्रेको हो । 

प्रजाका आफन्तले उनको अवस्था थाहा पाउन नसकेको भन्दै खोजीका लागि आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत सरकारका गलत क्रियाकलापको आलोचना गरेको भन्दै उनलाई प्रहरीले पक्रेको थियो । उनीमाथि साइबर कानून लगाउने तयारी छ । 

प्रजा पहिले माओवादी जनमुक्ति सेनामा आवद्ध थिए । ओलीले संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रताको हकलाई निरन्तर कुण्ठित गरिरहेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *