काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण

Bydipak oli

२०७७ भाद्र १५, सोमबार १४:२८ गते २०७७ भाद्र १५, सोमबार १४:२८ गते २०७७ भाद्र १५, सोमबार १४:२८ गते

१५भदौ,काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । महानगरपालिकाका सञ्चार विज्ञ मोहन बाँस्तोलाले मेयर शाक्यलाई कोरोना संक्रमण भएको पुष्टि गरे ।

सञ्चार विज्ञ बाँस्तोलाले भने, ‘उहाँमा कुनै लक्षण छैन । अहिले घरमै आइसोलेसनमा हुनुहुन्छ । आफूसँग सम्पर्कमा आएकाहरूलाई परीक्षण गराउन र आइसोलेसनमा जान आग्रह गर्नुभएको छ ।’
मेयर शाक्य श्रीमतीलाई कोरोनासँग मेल खाने लक्षण देखिएपछि ग्रान्डी अस्पतालमा स्वास्थ्य जाँच गराउन गएका थिए ‍। त्यहाँ उनले आफ्नो पनि पीसीआर परीक्षणका लागि स्वाब दिएकोमा मेयर शाक्यको रिपोर्ट पोजिटिभ आएको बाँस्तोलाले बताए ।

मेयर शाक्यकी श्रीमतीमा भने कोरोना नेगेटिभ देखिएको बाँस्तोलाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो