कोरोना अपडेट: ८९९ जनामा संक्रमण , ७ जनाको मृत्यु

Bydipak oli

२०७७ भाद्र १५, सोमबार १०:४८ गते २०७७ भाद्र १५, सोमबार १०:४८ गते २०७७ भाद्र १५, सोमबार १०:४८ गते


१५भदौ। विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमण थप ८९९ जनामा देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यो वृद्धिसँगै सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ३९,४६० पुगेको सरकारी तथ्याङ्कले देखाउँछ।

सोमवार अपराह्ण आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यो अवधिमा विभिन्न जिल्लामा सात जनाको मृत्यु भएको बताए।

यससँगै कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २२८ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो