गाँजा नपाएको कारण हत्या

Bydipak oli

२०७७ आश्विन २९, बिहीबार १६:०१ गते २०७७ आश्विन २९, बिहीबार १६:०१ गते २०७७ आश्विन २९, बिहीबार १६:०१ गते

असाेज २९ ; उमा पाैडेल ( रेखा ) झापा

झापाकाे कन्काई नगरपालीका ३ एकान्त टाेलका २२ बर्षका अभिषेक चाैधरीको हत्या गाँजाकाे न्युमा गरिएकाे प्रहरीले बताएको छ । हिजाे बिहान कन्काई ३ एकान्त टाेल नजिकै रहेकाे सुरुङ्गा खाेलाकाे बाँसघारीमा चाैधरीकाे लास फेला पारेकाे थियाे भने अाज बिहान पत्रकार सम्मेलन गरि ईलाका प्रहरी कार्यलय अनामनगरले हत्यामा संलघ्न भएका कन्काई ७ का २२ बर्षका रबिन राजबंशी ( टल्के ) लाई सार्वजनिक गरिएकाे छ। चाैधरीलाई टल्केले बन्चराेले हानेर हत्या गरेकाे अनुसन्धानबाट खुलेकाेछ । पक्राउ परेका टल्के अाफैले हत्या गरेकाे स्वीकार गरेकाछन । मंगलबार राती अभिषेक र चाैधरीकाे भेट भएकाे र टल्केलाई चाैधरीले गाँजा किनेर लेउ र मिलेर खाउला भनी १०० रुपया दिएर पठाएकाे तर गाँजा ल्याए पछि चाैधरीले तलाई किन दिने भने पछि दुई जना बीच बिबाद बढेसगै टल्केले चाैधरीला‌ई बन्चराे प्रयाेग गरि पछाडीबाट टाउकाेमा हानी हत्या गरेकाे अनुसन्धानमा खटिएका इलाका प्रहरी कार्यलय अनामनगरका डिएसपी मुकुन्द रिजालले बताउनु भएकाेछ । घटनामा फेला परेका विभिन्न प्रमाणहरुका अाधारमा टल्केलाई पक्राउ गरिएकाे पनि डिएसपी रिजालले जानकारी दिनु भएकाेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो