
असार ७ दाङ
दाङ घोरहिमा एक असहाय गुप्ता परिवार संकटमा – मानसिक सन्तुलन गुमाएकी छोरी, पक्षघातग्रस्त बुबा र दम पीडित आमा, सहयोगको अपिल
दाङ ।
दाङ घोरहिको बसपार्क नजिक कोठा भाडामा बस्दै आएका एक परिवार अहिले चरम पीडामा बाँच्न विवश छ । उनको घर जग्गा जमिन केही छैन। ५ जना सदस्य रहेको उक्त परिवारमा ३ छोरी र बाबु आमा रहेको र त्यस मध्य दुई छोरी बिवाह भैसकेको एकजना विवाह नगरेकी छोरी सहित तीनजना सदस्य भाडामा बस्दै आएका छन् – तीमध्ये मानसिक सन्तुलन गुमाएकी छोरी पुनम गुप्ता , पक्षघात (प्यारालाइसिस)का कारण थलिएका पिता देवकी नन्दन गुप्ता र दमको रोगले ग्रसित आमा कृष्णा देवी गुप्ता रहेका छन् । आर्थिक अवस्था कमजोर भएको कारण उपचार र दैनिकी जिउन समेत कठिन भएको छ ।
३१ वर्षीया पुनम गुप्ता सानैदेखि मानसिक सन्तुलन गुमाएकी छन् । शरीरका विभिन्न भागमा घाउ छन्, हात र अनुहारमा चोट र नीलडाम देखिन्छन्। बोल्न, चाल गर्न कठिन छ, आफ्नो शरीर भित्तामा ठोक्काउने आफ्नो शरीरमा चोट लगाउने कहिलेकाहीँ निर्वस्त्र भइ बस्ने बुवाआमालाई पनि चिथोर्ने मार्ने जस्ता क्रियाकलाप गर्दै आएकी छन्। उनले कतिबेला के गर्छिन् भन्ने कुरा समेत थाहा हुँदैन घरभित्र थुनेर राख्नु पर्दछ उनको आमाले बताउछिन । उनलाई हेरचाह गर्ने जिम्मा ७० वर्षका उनका पिता र ६५ वर्षकी आमा माथि रहेको छ । तर दुबैजनाको स्वास्थ्य अवस्था गम्भीर छ ।स्वास्थ्य ठिक हुदा चटपटे बेचेर फलफुल बेचेर जीवन निर्वाह गर्दै आएका बुबा पक्षघातका कारण राम्रोसँग बोल्न र हिडडुल गर्न सक्दैनन् भने आमा दम रोगले थलिएकी छन्, जसले गर्दा उनी सास फेर्न र सामान्य जीवन यापन गर्न समेत गाह्रो भइरहेको छ । उनका बुबाआमा बताउँछन् रातिको समयमा असाध्यै डर लाग्छ र दुई तीन बजेसम्म छोरी नसुत्दासम्म हामी बाहिरै रात कटाउँछौ हामीलाई असाध्यै डर लाग्छ हामी कसरी बाँच्ने हो कसरी बचाउने हो
कृपया हामीलाई सहयोग गरिदिनुहोस् उपचार गरिदिनुस् भनेर हारगुहार लगाउँछन्। विवाह नगरेकी उक्त ३१ वर्षकी पुनमको स्याहार-सुसार गर्नुपर्ने अवस्था भए पनि आमा-बुबा आफै असक्त भएका कारण अहिले परिवारलाई दैनिक जीवन चलाउन नै समस्या भइरहेको छ । आफ्नो घरमै थला परेका तीनैजना एउटै कोठामा बस्छन् – न त पर्याप्त औषधि छ, न त खान पर्याप्त अन्नपात।
छोरीको औषधि उपचार र नियमित हेरचाह गर्न नसक्ने अवस्थामा पुगेको यो परिवार अहिले सहयोगी मन भएका व्यक्तिहरूको सहायता खोजिरहेको छ।
परिवारलाई राहत दिनका लागि खाद्यान्न, लत्ताकपडा, औषधी उपचार वा आर्थिक सहयोगको लागि यस न 9864988402 सम्पर्क गर्न परिवारले अनुरोध गरेको छ ।
