नेपालमा आज थप ७,२११ कोरोनाभाइरस सङ्क्रमण पुष्टि

Bydipak oli

२०७८ बैशाख १९, आईतवार १२:०६ गते २०७८ बैशाख १९, आईतवार १२:०६ गते २०७८ बैशाख १९, आईतवार १२:०६ गते

बैशाख १९।

नेपालमा आज थप ७,२११ कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। तीमध्ये आधाजति काठमाण्डू उपत्यकामा छन्।नेपालमा गत वर्ष कोरोनाभाइरस महामारी सुरु भएपछि अहिले पुष्टि भएको सङ्क्रमितको सङ्ख्या सर्वाधिक हो।

चौबीस घण्टाको अवधिमा २७ जनाको कोभिड-१९ का कारण निधन भएको रिपोर्ट प्राप्त भएको पनि मन्त्रालयले जनाएको छ। तीमध्ये १४ जनाको सो अवधिमै मृत्यु भएको हो।एन्टिजन र पीसीआर विधिबाट गरी कुल १६, ७७० जनामा परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो