Tue. May 5th, 2026

असोज२८।

नेपालमा आज २,६३८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ।मन्त्रालयका अनुसार १३,९४७ वटा नमुनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्।अहिले फेला परेका सङ्क्रमितमध्ये १,४०३ जना काठमाण्डू उपत्यकाका हुन्।

यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या एक लाख १७ हजार नौ सय ९६ पुगेको छ।
चौबीस घण्टाको अवधिमा बुधवार अपराह्णसम्म थप १२ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले बताएको छ।नेपालमा अहिलेसम्म ६७५ सङ्क्रमितको मृत्यु भएको देखिन्छ।मन्त्रालयका अनुसार सो अवधिमा २,१७४ सङ्क्रमित रोगमुक्त भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *