Thu. Apr 23rd, 2026

जेष्ठ-५।

नेपालमा आज ७,९८९ जना ब्यक्ति कोरोना सङ्क्रमणमुक्त भएका छन्। यस्तै नेपालमा थप ८,१७३ जनामा कोरोनाभाइरस सङ्क्रमण र २४६ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।नेपालमा एकै दिन पुष्टि गरिएको यो सर्वाधिक सङ्ख्यामा मृत्यु हो।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधवार अपराह्ण प्रस्तुत गरेको तथ्याङ्कमा विगत २४ घण्टामा पनि काठमाण्डू उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी रहेको देखिन्छ।सो अवधिमा उपत्यकामा २,४८६ जना सङ्क्रमित थपिएका छन्। बुधवार भेटिएका सङ्क्रमित २१,८४७ परीक्षणबाट पुष्टि भएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *