नेपालमा कोरोना संक्रमीत संख्या एक लाख नाघ्यो

Bydipak oli

२०७७ आश्विन २३, शुक्रबार ११:०३ गते २०७७ आश्विन २३, शुक्रबार ११:०३ गते २०७७ आश्विन २३, शुक्रबार ११:०३ गते

असोज२३
नेपालमा थप २,०५९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ। अहिले फेला परेका सङ्क्रमितमध्ये १,४०९ जनाभन्दा बढी काठमाण्डू उपत्यकाका हुन्।

योसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या एक लाख छ सय नाघेको छ।नेपालमा गत माघ ९ गते पहिलो पटक चीन फर्किएका एक व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो। त्यसको २६० दिनपछि अर्थात् झन्डै साढे आठ महिनामा सङ्क्रमितको कुल सङ्ख्या एक लाख नाघेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो