बिरगंजमा कोरोना संक्रमितलाइ खाना र औसधि दिन रोबोट

Bydipak oli

२०७७ भाद्र १४, आईतवार १५:५५ गते २०७७ भाद्र १४, आईतवार १५:५५ गते २०७७ भाद्र १४, आईतवार १५:५५ गते

१४ भदौं, वीरगञ्ज । वीरगञ्जको अस्थायी कोभिड अस्पताल गण्डकमा अब संक्रमितहरुका लागि ‘सिस्टर रोबोट’ले सेवा दिने भएको छ ।

अबदेखि कोभिड अस्पतालमा भर्ना भई उपचाररत संक्रमतिहरुका लागि खाना, औषधि तथा अत्यावश्यक सामान रोबोटले पुर्‍याइ दिने भएको हो ।

संक्रमितको सेवामा नर्सहरुलाई सघाउने भएकोले नै यसको नाम ‘सिस्टर रोबोट’ राखिएको छ । ‘सिस्टर रोबोट’मा सामान राखेर कोभिड अस्पतालमा उपचाररत संक्रमितको बेडसम्म पठाउन सकिन्छ ।

महावीर पुनःको राष्ट्रिय आविष्कार केन्द्रले तयार पारेको रोबोर्ट सानो पाइलाको समन्वयमा नारायणी अस्पताललाई आइतबार निःशुल्क हस्तान्तरण गरिएको छ ।

सानो पाइलाले नारायणी अस्पताल विकास समितिका पदाधिकारीको रोहबरमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.संजयकुमार ठाकुरलाई ‘सिस्टर रोबोट’ हस्तान्तरण गरेको थियो ।

सानो पाइलाका कार्यकारी निर्देशक कञ्चन झाले कोरोना संक्रमितको उपचारमा सहयोग गर्न धातुबाट बनेको विद्युतीय सिस्टर रोबोट हस्तान्तरण गरिएको जानकारी दिए ।

‘संक्रमितलाई खाना, खाजा, औषधि वा अन्य समान दिन रोबोटको सहयोग लिन सकिन्छ,’ उनले भने, ‘अत्यावश्यक समयमा बाहेक अन्य समयमा स्वास्थ्यकर्मीहरु संक्रमितको नजिक जान पर्दैन ।’

सिस्टर रोबोटलाई रिमोट कन्ट्रोलबाट निर्देशन दिन सकिन्छ । रोबोटको अगाडिको भागमा क्यामेरा जडान हुने हुँदा मनिटरमा हेरे उसलाई परिचालन गर्नुपर्ने हुन्छ ।

रोबोटमा स्पिकरसमेत भएकोले संक्रमितलाई दिनुपर्ने सल्लाह पनि माइकमा बोलेर दिन सकिन्छ । रोबोर्टमा भएको ब्याट्री चार्ज गरेपछि दैनिकरुपमा त्यसले काम गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो