Mon. Apr 13th, 2026

माओवादी केन्द्र राप्तीको अध्यक्षमा पुजाली निर्विरोध निर्वाचित

भालुबाङ, १ फागुन।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र राप्ती गाउँपालिकाको तेस्रो अधिवेशनबाट रण बहादुर पुजाली “राजेन्द्र” अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ।

बिहीबार सम्पन्न अधिवेशनले पुजालीकाे अध्यक्षतामा ४ सदस्य पछि मनाेनय गर्ने गरि ४५ सदस्य नयाँ कार्य समिति सर्वसम्मत रूपमा चयन गरेको हो।

उपाध्यक्ष तुला गिरी, बसन्त नेपाली,नारायणी पाेख्रेल,सचिवमा जगत थापा, कोषाध्यक्षमा दिलमाया घर्ती मगर र सह-सचिवमा उमा चाैधरी निर्विरोध निर्वाचित हुनुभएको छ।

यसैगरी सदस्यहरूमा माधव श्रेष्ठ,लाेकमाया तामाङ,इश्वरी परियार,झग्गु प्रसाद अधिकारी,मनाेज दर्लामी मगर,दिपक चाैधरी,डम्मर बहादुर चाैधरी,युवराज ज्ञवाली,अलिमाेहमद मियाँ,तारा विक,रमेश चाैधरी,माेहन बहादुर विष्ट,राम कुमारी चाैधरी,पार्वती चाैधरी,सम्झना परियार,शान्त प्रसाद चाैधरी,तिलक अधिकारी,बिन्दु घिमिरे लगायतका निर्विरोध चयन हुनुभएको छ।

गाउँ कमिटीका अध्यक्ष नारायण शर्माको अध्यक्षता तथा पार्टीका केन्द्रीय उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महराकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *