राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा बादललाई हराउँदै खिमलाल देवकोटा विजयी

Bydipak oli

२०७८ जेष्ठ ६, बिहीबार १३:१२ गते २०७८ जेष्ठ ६, बिहीबार १३:१२ गते २०७८ जेष्ठ ६, बिहीबार १३:१२ गते

जेष्ठ-६।

बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदका लागि आज भएको उपनिर्वाचनमा खिमलाल देवकोटाले मतभार ५,०८८ प्राप्त गरेर विजयी भएका छन्।उनका निकटतम प्रतिद्वन्द्वी रामबहादुर थापा ‘बादल’ले ४,०१४ मतभार प्राप्त गरेका थिए।

प्रमुख निर्वाचन आयुक्त बनेका जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले निर्वाचन परिणामको घोषणा गर्दै उक्त जानकारी दिएका हुन्।नेकपा माओवादी केन्द्र छोडेर नेकपा एमालेमा लागेपछि रामबहादुर थापालाई माओवादी केन्द्रले गरेको कारबाहीका कारण उनले सांसद पद गुमाउन पुगेका थिए।सोही पदका लागि पुनः निर्वाचन हुँदा नेकपा एमालेका तर्फबाट थापा उम्मेदवार बनेका थिए।निर्वाचन आयुक्तका अनुसार खिमलाल देवकोटाको चुनाव चिह्न कलम थियो। उनले मतभार ५०८८ प्राप्त गरेका थिए।त्यसैगरी नेकपा एमालेका तर्फबाट रामबहादुर थापा बादलको चिह्न सूर्य थियो, उनले मतभार ४०१४ प्राप्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो