सिल भयपछी राप्ती प्रादेशिक अस्पतालमा कार्यरत सबैको कोरोना परीक्षण गरिदै

Bydipak oli

२०७७ भाद्र १४, आईतवार ०५:५१ गते २०७७ भाद्र १४, आईतवार ०५:५१ गते २०७७ भाद्र १४, आईतवार ०५:५१ गते

१४भदौ,दाङ । तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी सबैको कोरोना परीक्षण गरिने भएको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सर्वेश शर्माका अनुसार आइतबार अस्पतालमा कार्यरत ९० देखि १०० जना सबैको स्वाब संकलन गर्ने तयारी छ।

‘आज अस्पतालमा कार्यरत सबै जनाको स्वाब संकलन गरिन्छ,’ डा. शर्माले भने ‘भोलिसम्म रिपोर्ट आयो भने पर्सिदेखि अस्पतालको सेवा सुरू गर्ने तयारी गरेका छौं।’

रिपोर्ट आएको भोलिपल्ट देखि नै संक्रमितलाई आइसोलेसनमा पठाउने र रिपोर्ट नेगेटिभ आएकाबाट अस्पतालको सेवा सुरू गर्ने निर्णय भएको उनले बताए।

दुई चिकित्सक, तीन स्वास्थ्यकर्मी र तीन जना कार्यालय सहयोगीसहित ९ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि शनिबार बेलुकादेखि अस्पताल सिल गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो