हास्यकलाकार मनोज गजुरेल कोरोना संक्रमण मुक्त

Bydipak oli

२०७७ कार्तिक ३०, आईतवार ०६:४५ गते २०७७ कार्तिक ३०, आईतवार ०६:४५ गते २०७७ कार्तिक ३०, आईतवार ०६:४५ गते

कार्तिक३०। हास्यकलाकार मनोज गजुरेल कोरोना भाइरस (कोभिड-१९) संक्रमण मुक्त भएका छन् । ११ दिनको अस्पताल बसाईपश्चात गजुरेल अस्पतालबाट डिस्चार्ज भएका हुन्।’११ दिनको अस्पताल बसाई पश्चात घर फर्किएर आराम गरिरहेको छु ।’ उनले फेसबुकमा लेखेका छन्, ‘कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन् । केही दिनमा पुर्ण स्वस्थ्य भएर काममा फर्कनेछु ।’

गजुरेलले उच्च स्तरको उपचार सेवा प्रदान गर्ने नेपाल एपिएफ अस्पताल परिवार, परिवारका सम्पुर्ण सदस्यहरु तथा सबै शुभचिन्तकलाई धन्यवाद दिएका छन्। उनले सकेसम्म यो महामारीबाट आफू जोगिन र अरुलाई पनि जोगाउन अनुरोध गरेका छन्।कात्तिक १० गते संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका गजुरेल निमोनिया भएपछि बुधबार सशस्त्र प्रहरी कोभिड अस्पताल बलम्बुमा भर्ना भएका थिए। सामान्य लक्षण देखिँदासम्म घरमै बसेको र थप लक्षण देखिएपछि अस्पताल लगिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो